हेल्थ डेस्कबाट ४ सय ७ जनाले परामर्श सेवा लिए । 

४ बर्ष अघि

२0७६ फाल्गुन २३ शुक्रबार

 हेल्थ डेस्कबाट ४ सय ७ जनाले परामर्श सेवा लिए । 

रमेश खत्री फागुन २३ दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगाको पुलघाटमा स्थापना गरिएको हेल्थ डेस्कबाट हाल सम्म ४ सय ७ जनालाई परामर्श दिइएको हो । लामो समय देखी भारतमा काम गर्न गएका तथा दार्चुलाको नाका भएर घर फर्किने नेपाली तथा अन्य विदेशी गरी हेल्थ डेस्कबाट उक्त संख्याका नागरिकलाई कोरोना भाईरसको सक्रमणबाट बच्ने उपायका बारेमा परामर्श दिईएको डेस्कमा खटिएका जिल्ला अस्पताल दार्चुलाका अनमी जसु लुहारले जानकारी दिनु भयो । स्वास्थ्य कार्यालय दार्चुलाले कोरोना जिल्ला भित्रिन नदिन नेपाल भारत जोडने झोलुंगे पुल छेउमा हेल्थ डेस्क स्थापना गरेको हो । भारत र चिनका सिमाहरुमा गएर व्यापार गर्दै आइरहेका व्यापारीहरुलाई समेत परामर्श दिने कार्य चलिरहेको उहाले भनाई छ । कोरोना भाईरसको संकास्पद व्यक्ती भेट्टीए उच्च निगरानीमा राखिने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनु भयो । भारत तथा चिनका नाकाहरु बाट फर्किने सवै जसो नागरिकको हेल्थ डेस्कमा ज्वरो मापन देखी लिएर प्रेसर मापन कार्य भैइरहेको अनमी लुहारले बताउनु भयो । हेल्थ डेस्कमा ६ घण्टा समय दिने स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जानकारी दिनु भयो । हेल्थ डेस्कमा भारत तथा अन्य देशहरुबाट फर्केर सिमा नाकाबाट नेपाल भित्रिने नागरिकहरुको इन्फारेड थर्मामिटर ले ज्वरो मापन गर्ने गरिएको अनमी लुहारले  जानकारी दिनु भयो ।