महिनावारी स्वच्छता व्यवस्थापन कार्यक्रम लागु भएपछि शिक्षण क्षेत्रमा सहजता । 

४ बर्ष अघि

२0७६ फाल्गुन २२ बिहीबार

महिनावारी स्वच्छता व्यवस्थापन कार्यक्रम लागु भएपछि शिक्षण क्षेत्रमा सहजता । 

दृष्टिकोण समाचार फागुन २२ दार्चुला । दार्चुला जिल्लामा पछिल्लो समय सरकारी तथा निजि विद्यालयहरुमा छात्राहरुको सहभागिता बढदै गईरहेको छ । महिनावारी स्वच्छता व्यवस्थापन कार्यक्रम लागु हुदाँ दार्चुला जिल्लामा शिक्षण सिकाईका क्षेत्रमा सहजता हुन थालेको हो । जिल्लाको महाकाली नगरपालिका वडा नं.९मा रहेको राष्ट्रिय मावि दत्तु, मालिकार्जुन गाँउपालिकाको मालिकार्जुन मावि मड, शंकरपुर मावि पस्ती र गारडा  मावि बाँकुमा गुड नेवर्श इन्टरनेशनल नेपालले सरसफाई  र महिनावारी स्वच्छता व्यवस्थापनमा सहयोग गरेकाले पढाईमा सहजता भएको छात्राहरुले बताएका छन । 

दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरुमा छात्राहरुको पढाई सुधारका लागि निसुल्क महिनावारी भएका बेला प्रयोगका लागि पेडहरुको व्यवस्था गरि महिला शैचालय निर्माण गरिएका छन । भने महिनावारी भएका बेला हुने समस्याका लागि विद्यालयहरुमा पेडनिर्माण तालिम, आक्समिक औषधिको व्यवस्थापन र पेट दुखेकाबेला आराम गर्न विद्यालयमै बेडको पनि व्यवस्थापन गरिदा छात्राहरुको पढाईमा सहजता भएको मालिकार्जुन मावि मडका प्रध्यानाध्यापक भुवन बहादुर डागाले जानकारी दिनु भयो । गुड नेवर्श इन्टरनेशनलले संकल्प दार्चुला अन्तरगत सामुदायिक विकास परियोजना अन्तगरत शिक्षा क्षेत्रको सुधारका लागि मात्रै कुल बजेट ८४ लाख २ हाजर ८ सय ६३ रुपैँया मध्ये ६८ लाख ९६ हजार ७ सय ८३ रुपैँया खर्च गरिएको गुड नेवर्श इन्टरनेशनल नेपाल दार्चुलाका  कोडनेटर नाराण प्रसाद चौधरीले जानकारी दिनु भयो ।