दार्चुलामा कोरोनाको संक्रमण छैन । विज्ञप्ति सहित

४ बर्ष अघि

२0७६ फाल्गुन २२ बिहीबार

दार्चुलामा कोरोनाको संक्रमण छैन । विज्ञप्ति सहित

रमेश खत्री फागुन २२ दार्चुला । भारतीय सीमासँग जोडिएको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाका एक युवकमा कोरोना भाइरसको संक्रमण देखिएको भनेर भइरहेको प्रचार गलत भएको अस्पतालले जनाएको छ । जिल्ला अस्पताल दार्चुलाले बिहीवार विज्ञप्ति जारी गर्दै दार्चुलामा कसैमा पनि कोरोनाको संक्रमण नभेटिएको स्पष्ट पारेको छ । कोरोना भेटिएको भनी प्रचार गरिएका २० वर्षीय युवकलाई जिल्ला अस्पताल दार्चुलामा चेकजाँच गर्दा ज्वरो र पिसाबमा संक्रमण भएको पाइएकोले सामान्य उपचारपछि अस्पतालको सम्पर्कमा रहँदै घर फर्किएका विज्ञप्तिमा जनाइएको छ ।तर भारतीय  मिडियाले काठमाण्डौ रिफर गरिएको समाचार सम्प्रेषण गरेको छ । जसले गर्दा दार्चुलाबासी त्रसित बनेका छन् । ‘समाचार लेख्दा सत्यतथ्य बुझेर मात्रै लेखिदिनुपर्छ, नभए नागरिकहरु त्रसित बन्छन्’ डाक्टर गजेन्द्र  दुवालले भन्नु भयो । शंकास्पद लक्षण देखिएपनि ल्याबबाट पुष्टि नहुदाँसम्म संक्रमण भन्न नमिल्ने उहाँको भनाई छ । कोरोनाको संक्रमण फैलिएका शहरहरुमा भ्रमण गरेका व्यक्तिसंगको सम्पर्क बिना नै कोरोनाको संक्रमण नहुने चिकित्सकहरुको भनाई छ । भीडभाडमा नजान, सरसफाईमा ध्यान दिन र बाहिर हिड्दा मास्क प्रयोग गर्न उनीहरुले सुझाव दिएका छन् ।
हेर्नुहोस विज्ञप्ति