मालिकार्जुनमा ग्रामिण अल्ट्रासाउण्ड मेसिनको उद्घाटन ।

४ बर्ष अघि

२0७६ फाल्गुन १९ सोमबार

मालिकार्जुनमा ग्रामिण अल्ट्रासाउण्ड मेसिनको उद्घाटन ।

रमेश खत्री फागुन १९ दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुरमा ग्रामिण अल्ट्रासाउण्ड सेवाको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । समाजिक विकास मन्त्रालयबाट प्राप्त अल्ट्रासाउण्ड मेसिन तथा तालिम प्राप्त जनशक्ति सहयोग गरेपछि गर्भवति महिलालाई जटिल सेवाको लागि अव गाउँमा सेवा पाउने भएका छन । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष प्रेम पन्त अध्यक्षतामा भएको कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीको प्रमुख आतिथ्यता तथा स्वास्थ्य शाखा प्रमुख गुणराज ओझा लगायत अन्य जनप्रतिनिधी हरुको उपस्तिथी रहेको थियो । ग्रामिण भेगमा महिलाहरुको लागि गाउँमा नै अल्ट्रासाउण्ड मेसिन पुगेपछि स्थानीय हरु खुसि भएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले बताउनु भयो ।