सामुदायिक विकास परियोजनाको सामाजिक लेखा परिक्षण

४ बर्ष अघि

२0७६ फाल्गुन १८ आईतवार

सामुदायिक विकास परियोजनाको सामाजिक लेखा परिक्षण

दृष्टिकोण समाचार, फागुन १८ दार्चुला ।
गुड नेवर्स इन्टरनेशलको आर्थिक सहयोगमा दार्चुला जिल्लामा विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय समाजिक संस्था सामुदायिक ग्रामिण विकास समाज नेपाल, संकल्प दार्चुलाद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाको सामाजिक लेखा परीक्षण कर्यक्रम आइतबार सम्पन्न भएको छ । 
मालिकार्जुन गाउँपालिका केन्द्र शंकरपुर पस्तीमा गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीको अध्यक्षतामा सम्पन्न भएको सामाजिक परिक्षण कार्यक्रममा गुड नेवर्श इन्टरनेशनलले दार्चुला जिल्लामा सन् २०१९ मा गरेका गतिविधीहरुको सामाजिक परीक्षण गरिएको हो । गुड नेवर्श इन्टरनेशनलले सन् २०१९ मा दार्चुला जिल्लाको कार्यक्षेत्रमा गरेको कार्यक्रमको बारेमा सिआरडिएस दार्चुलाका टिम लिडर अशोकराज ओझाले भएका गतिविधीहरुको बारेमा जानकारी दिनु भएको छ । 
गत बर्ष कार्यक्रम अन्तरगत सामुदायिक ग्रामिण विकास समाज नेपाल सिआरडिएस आन्तरगत रहेको कुल जम्मा बजेट २ करोड ३७ लाख ९१ हजार ८७ रुपैँयामध्ये २ करोड २० लाख ९८ हजार ७ सय ६१ रुपैँया खर्च गरिएको छ । संकल्प दार्चुला अन्तरगत सामुदायिक विकास परियोजना अन्तगरत कुल बजेट ८४ लाख २ हाजर ८ सय ६३ रुपैँया मध्ये ६८ लाख ९६ हजार ७ सय ८३ रुपैँया खर्च गरिएको छ । सामुदायिक ग्रामिण विकास समाज नेपाल सिआरडिएसका तर्फबाट टीम लिडर अशोक ओझाले प्रस्तुतिकरण राख्नु भएको छ भने संकल्प दार्चुलाका तर्फबाट कार्यक्रम संयोजक नारायण जोशीले प्रस्तुती राख्नु भएको छ । 
कार्यक्रमले गत बर्ष स्थानीय सरकारहरुसँग मिलेर काम गर्नु, समुदायको विविध मागका आधारमा दिगो विकासका काम गर्नु राम्रो पक्षको रुपमा रहेको छ भने भौगोलिक विकटताका कारण फिल्डमा कर्मचारी भने जति परिचालन हुन नसक्नु, तथा कृषकहरुले व्यवसायिक रुपमा काम गर्न नसक्नुलाई चुनौतीको रुपमा रहेको कार्यक्रममा जानकारी गराउनु भएको छ ।