ब्याँस गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु ।

४ बर्ष अघि

२0७६ फाल्गुन १७ शनिबार

ब्याँस गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु ।

रमेश खत्री फागुन १७ दार्चुला । ब्याँस गाउँपालिकाको आयोजनामा १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । ब्याँस गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पूुर्व सन्ध्यामा पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा ब्याँस गाउँपालिका अन्तर्गत रहेका पाँच वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगितामा सम्पाल मावि सुन्सेरा, सिद्ध मावि सिना, दुर्गास्थान मावि स्याकु, वसन्त मावि बसेडि र हिमालय मावि हुतीको सहभागिता रहेको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता गराउन लागि पालिकास्तरीय रनिङ शिल्ड सञ्चालन गरिएको ब्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकिले जानकारी दिनुभयो ।