नेपाली सेना द्धारा हेलिपेड निर्माण ।।   

४ बर्ष अघि

२0७६ फाल्गुन १४ बुधबार

नेपाली सेना द्धारा हेलिपेड निर्माण ।।   

रमेश खत्री फागुन १४ दार्चुला । दुर्गादल गुल्म दार्चुला द्धारा मालिकार्जुमा राष्ट्रपति विद्यादेवि भण्डारी फागुन १५ गते  मालिकार्जुन मान्दिरको दर्शन गर्ने कार्यक्रम रहेकाले मालिकार्जुन मन्दिर परिसर भित्र  हेलिपेड निर्माण गरको छ  । नेपाल भ्रमण बर्ष २०२० सफल पर्ने उदे्श्यले राष्ट्रपति विद्यादेवि भण्डारी देशैकै  सात ओटा धाम हरु मध्येको एक धाम मालिकार्जुन मन्दिर दर्शन गर्ने भएका छन । उपसेनानी पदम राज जोशीको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले बुधबार नै मालिकार्जुन मन्दिर परिसर भित्र हेलिपेट तयार पारिएको दुर्गादल गुल्मका गुल्म पति श्यामराजा विक्रम थापाले जानकारी दिनुभयो ।