मालिकार्जुन मन्दिर सरसफाई ।।

४ बर्ष अघि

२0७६ फाल्गुन १४ बुधबार

मालिकार्जुन मन्दिर सरसफाई ।।

रमेश खत्री फागुन १४ दार्चुला ।  देशको सातौ धामाको रुपमा चिनिने दार्चुला जिल्लाको प्रमुख धार्मिक स्थल मालिकार्जुन मन्दिर सरसफाई गरिएको छ । फागुन १५ गते राष्ट्रपति विद्यादेवि भण्डारी मालिकार्जुन भ्रमणमा आउने कार्यक्रम रहेकाले  सशस्त्र प्रहरी हेडक्वाटर ५० नम्बर गुल्म दार्चुलाले मन्दिर परिसर भित्र सरसफाई गरेका हुन । नेपाल सशस्त्र प्रहरी हेडक्वाटर ५० नम्बर गुल्म दार्चुलाका सशस्त्र प्रहरी नायव निरीक्षक प्रेम चन्द्रको नेतृत्वमा २१ जना टोलीले सरसफाई गरेको सशस्त्र प्रहरी हेडक्वाटर ५० नम्बर गुल्मका गुल्म पति डम्बर बिष्टले जानकारी दिनु भयो ।