दार्चुला महोत्सव औपचारिक रुपमा सम्पन्न ।।

४ बर्ष अघि

२0७६ फाल्गुन १३ मंगलवार

दार्चुला महोत्सव औपचारिक रुपमा सम्पन्न ।।

रमेश खत्री फागुन १३ दार्चुला । सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव २०७६ मंगलबार औपचारिक रुपमा सम्पन्न भएको छ । दार्चुला उद्योग वाण्ज्यि संघद्धारा फागुन ४ गते उद्घाटन गरिएको सुदुरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव फागुन १३ गते  समापन गरिएको हो । अपिनम्पा चौलानी र महाकालीको काख कैलाश मालिकार्जुनको आगन दार्चुलाको शाख, नेपाल भ्रमण बर्ष २०२० सफल पार्ने हाम्राे अभियान,  भन्ने नारा सहित दार्चुला उद्योग वाणिज्य संघले जिल्ला सदरमुकाम खलंगामा दार्चुला महोत्सव सञ्चालन गरेको थियो । दार्चुला महोत्सवमा जिल्लाका विभिन्न स्थानका भेषभुषाको कला संस्कृति झल्किने खालका विभिन्न झाकी प्रदर्शन गरिएको थियो । दार्चुला महोत्सवमा स्थानीय कलाकारहरु देखि राष्ट्रिय कलाकारको सहभागिता रहेको थियो । यस्तै महोत्सवमा भारतीय कलाकारहरुको पनि सहभागिता रहेको थियो । 
दार्चुला महोत्सवमा यस वर्ष १ सय १  स्टलहरु रहेका थिए यस्तै दार्चुला जिल्लाका विभन्न क्षेत्रका एकल नृत तथा गायन प्रतियोगिता हस्तकला प्रदर्शनि तथा विविध मनोरञ्जनात्मक कार्यक्रम जिल्लाको स्थानीय उत्पादनको प्रदर्शनी प्रचारप्रसार उपभोग र प्रबद्रन गर्ने स्थानीय उद्यमी व्यावसायि विषेश सहुलियतमा समानहरुको विक्री वितरण र प्रर्शसनी गरिएको हो । यस्तै यसपालिको मेलामा ५० हजार भन्दा बढि दर्शकहरुले हेरेको उद्योग वाण्ज्यि संघ दार्चुलाका अध्यक्ष मगलसिह ठगुन्नाले बताउनु भयो ।