नक्कली टिकट सहित एक जना पक्राउ ।

४ बर्ष अघि

२0७६ फाल्गुन १२ सोमबार

 नक्कली टिकट सहित एक जना पक्राउ ।


रमेश खत्री फागुन १२ दार्चुला ।
दार्चुला महोत्सवमा नक्कली टिकट सहित एक जना पक्राउ परेका छन् । दार्चुला महोत्सवको नवौँ दिन आज दुहूँ गाउँपालिका वडा नम्बर ३ का अन्दाजी वर्ष ३२ का दानबहादुर बम नक्कली टिकट सहित पक्राउ परेका हुन् । उद्योग वाणिज्य संघ दार्चुलाद्धारा आयोजित दार्चुला महोत्सव स्थलमा प्रबेश गर्ने बेला प्रबेशद्धारमा खटिएको सुरक्षागार्डहरुले बमलाई नक्कली टिकट सहित पक्राउ गरेको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिँह ठगुन्नाले बताउनु भयो । उद्योग वाणिज्य संघले महोत्सव स्थलमा प्रबेश गर्न टिकटको व्यवस्था गरेकाले नक्कली टिकट देखाई प्रबेश गर्ने क्रममा बमलाई सुरक्षागार्डहरुले पक्राउ गरेका हुन् । पक्राउ परेका दानबहादुर बमले उक्त टिकट दुहूँ गाउँपालिका वडा नम्बर ३ घर भई गाउँपालिकाको कार्यालयमा कार्यरत सुरेन्द्र बमले आफूलाई दिएको खुलाशा गरेका छन् । दार्चुला उद्योग वाणिज्य संघका महासचिव मिलनराज अवस्थीका अनुसार पक्राउ परेका दानबहादुरले दुहूँ गाउँपालिकामा कार्यरत सुरेन्द्र बमले टिकट उपलब्ध गराएको बताएका छन् । गाउँपालिकामा कार्यरत कर्मचारीले आफूलाई नक्कली टिकट दिएको खुलाशा गरेपछि यस्ता कार्यमा संलग्न सबैलाई नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई उद्योग वाणिज्य संघले अनुरोध गरेको छ । दानबहादुर बमको साथमा तीन थान टिकट सहित पक्राउ गरि जिल्ला प्रहरी कार्यालय दार्चुलाको जिम्मा लगाइएको महासचिव अवस्थीले बताउनु भयो ।