भ्रमण बर्ष २०२० सफल पार्न राष्ट्रपति मालिकार्जुन आउँदै ।

४ बर्ष अघि

२0७६ फाल्गुन ११ आईतवार

भ्रमण बर्ष २०२० सफल पार्न राष्ट्रपति मालिकार्जुन आउँदै ।

रमेश खत्री फागुन ११ दार्चुला । नेपाल भ्रमण बर्ष २०२० सफल पार्न राष्ट्रपति विद्यादेवी भण्डारी दार्चुला लगायत सुदूरपश्चिम भ्रमणमा आउनु हुने भएको छ । भण्डारी दार्चुलाला सहित बैतडी डडेलधुरा र कञ्चनपुर जिल्लाका  विभिन्न कार्यक्रम तथा धार्मिक स्थलहरुको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । उहाँले राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम छ । मालिकार्जुन मन्दिरमा पूजापाठ पछि नागरिक अभिनन्दन कार्यक्रममा सहभागिहुने कार्यक्रम छ । मालिकार्जु मावि मड स्थित विद्यालयमा नागरिक अभिनन्दन कार्यक्रममा सरि भएपछि त्यहि राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुहुने मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले बताउनु भयो । राष्ट्रपति भण्डारी पहिलो पटक दार्चुला आउन लाग्नुभएको हो नेपाल सरकारको एक सय गन्तव्य सूचीमा रहेको मालिकार्जुन धाममा राष्ट्रपतिको भ्रमण हुने भएपछि मन्दिर क्षेत्रमा तयारी थालिएको मन्दिर व्यवस्था समिति सचिव जनक सिह धामीले जानकारी दिनु भयो ।  राष्ट्रपतिको स्वागतमा स्थानीय कला संस्कृति देखाइने छ । यसैबीच जिल्लास्थित सुरक्षा निकायले मालिकार्जुन क्षेत्रको निरीक्षण गर्नुभएको छ । राष्ट्रपतिको भ्रमणको पूर्व सन्ध्यामा मालिकार्जुनको सुरक्षा अवस्था, हेलिप्याड र तयारीको बारेमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल नेतृत्वका चारवटै सुरक्षा निकायका प्रमुखहरुले स्थलगत निरीक्षण गर्नुभएको हो । यस्तै राष्ट्रपति भण्डारी दार्चुलाको कार्यक्रम सकाएर बैतडी प्रस्थान गर्नुहुने छ । बैतडीको पाटनमा रहेको सिटिइभिटीबाट मान्यताप्राप्त भिमदत्त पोलिटेक्नि इनिष्टच्युटको नवनिर्मित भवनको उद्घाटन गर्नुहुने छ । यसैगरी भण्डारीलाई डडेल्धुरामा नगारिक अभिनन्दन तथा उग्रतारा मन्दिरको दर्शन गर्ने कार्यक्रम छ भने कञ्चनपुरमा जारी महोत्सवमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।