नेपाली सेनाको हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्धार ।

४ बर्ष अघि

२0७६ फाल्गुन १0 शनिबार

नेपाली सेनाको हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्धार ।


रमेश खत्री फागुन १० दार्चुला । दार्चुलामा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ की ३२ बर्षीय कौसिला धामीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो  । उनी शनिबार राती जिल्ला अस्पताल दार्चुलामा सुत्केरी भएकी थिइन । तर  चिकित्सकले उनको नवजात शिशुलाई आइसियुमा राख्नुपर्ने बताएपछि उनलाई आईतबार हेलिकेप्टरमार्फत कोहलपुर अस्पताल नेपालगञ्ज लगिएको छ । जिल्ला प्रशासन कार्यलय दार्चुला र दुर्गा दल गुल्म दार्चुलाको सयुक्त समन्वयमा सुत्केरी महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।