मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न । ।

४ बर्ष अघि

२0७६ फाल्गुन १0 शनिबार

मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न । ।

रमेश खत्री फागुन १० दार्चुला ।सदरमुकाम खलंगास्थित दुर्गादल गुल्मले आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधी जिल्लाबासी टिमले हात पारेको छ । महाशिवरात्री तथा सेना दिवस २०७६ को अवसरमा आयोजना गरिएको फुटबल प्रतियोगितामा राष्ट्रसेवक कर्मचारीको टिमलाई पराजीत गदै जिल्लाबासी टिमले उपाधी हात पारेको हो ।मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जिल्लाबासी टिमले ५–२ गोलको अन्तरले राष्ट्रसेवक कर्मचारीलाई पराजीत गरेको हो । दुर्गादल गुल्मको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा जिल्लाबासी टिमले उत्कृष्ट प्रदर्शन गर्यो । जिल्लाबासीले पहिलो हाफमै उत्कृष्ट खेलको शुरुवात गरेको थियो । नेपाली सेना दिवसको अवसरमा सञ्चालन भएको फुटबल प्रतियोगिताका उपाधी विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिएको दुर्गादल गुल्मका गुल्मपति श्यामराजा बिक्रम थापाले जानकारी दिनुभयो ।