दार्चुला महोत्सवको फोटो फिचर ।।

४ बर्ष अघि

२0७६ फाल्गुन ८ बिहीबार

दार्चुला महोत्सवको फोटो फिचर ।।

 रमेश खत्री फागुन ८ दार्चुला ।  अपि, नाम्पा, चौलानी र महाकालीको काख, कैलास, मालिकार्जुनको आगँन, दार्चुलाको शाख भन्ने मूल नाराका साथ दार्चुला महोत्सव आज पाचै दिन पनि राष्ट्रिय  तथा स्थानीय  कलाकाहरुको सहभागिता रहेको छ । राष्ट्रिय कलाकारहरु बैकुण्ठ महत पूर्णकला विसी कल्पना ढुगांना र  कृष्ण धामीले पनि दार्चुला महोत्सवमा दर्शकहरुलाई रमाईलो गराइ रहेका छन् ।दार्चुला महोत्सवको आज पाचैँ दिन हजारौ दर्शकशरुको भिडलागेको छ । भने दार्चुला सदरमुकाम क्षेत्रमा चहलपहल पनि अत्यधिक बढेको छ । 
यहि  फागुन ४ गते बाट सुरु भएको दार्चुला महोत्सव फागुन १३ गते सम्म सञ्चालन हुने भएको हो ।   दार्चुला महोत्सवमा यस वर्ष भने १ सय १ स्टलहरु रहने भएका छन् ।यस्तै दार्चुला जिल्लाका बिभिन्न क्षेत्रको एकल नृत्य तथा गायन प्रतियोगिता, हस्तकला प्रदर्शनी, बाल उद्यान तथा बिबिध मनोरञ्जनात्मक कार्यक्रम, निशुल्क उपचार सिबिर, शैक्षिक, धार्मीक तथा अन्य पुस्तक बिक्रि   गरीने, जिल्लाको स्थानीय उत्पादनको प्रदर्शनी, प्रचारप्रसार, उपभोग र प्रबद्र्धन गर्ने, स्थानीय उद्यमी, ब्यावसायि र सेवा प्रदायकहरुको सहभागितामा बस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रबद्र्धन, बिशेष सहुलियत सहित सामानहरुको बिक्रि बितरण र प्रदर्शनी  भइरहेको उद्योग बाणिज्य संघले जनाएको छ ।