दुहू्ँ गाउँपालिकाको बजेट ः पहिलो प्राथमिकता कृषिमा

६ बर्ष अघि

२0७५ असार १३ बुधबार

दुहू्ँ गाउँपालिकाको बजेट ः पहिलो प्राथमिकता कृषिमा

राम सिह धामी ,सुदुर दृष्टीकाेणा समाचार दार्चुला  ,दार्चुला जिल्लाको दुहुँगाउँपालिकाले आर्थिक बर्ष २०७४÷७५ मा कृषि क्षेत्रको विकासका लागि किसानहरुलाई ५० वटा पोलिहाउस वितरण गरेको छ । 
दुहुँ गाँउपालिका भित्र रहेका युवाहरुलाई रोजगारीका साथै कृषि पेशामा आत्मनिर्भर बनाउनका लागि गाउँपालीका भित्रका प्रत्येक वडाहरुमा १०÷१० वटा पोलिहाउस वितरण गरेको गाँउपालीकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताए । 
चालु आर्थिक बर्षमा दुहुँ गाँउपालीकाले कृषि, घोरेटोबाटो, सडक तथा सरसफईलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम गरेको छ ।

विकास निर्माणको हिसाबले गाउँपालिका अगाडि रहेपनि कर्मचरी अभावका कारण भनेजति काम गर्न नसकेको अध्यक्ष कार्कीको भनाई छ । यसैबीच दुहुँ गाँउपालीकाले आगामी आव २०७५÷७६ का लागि नीति तथा कार्यक्रमहरु गाँउ सभामा पेश गरेको छ । नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता कृषिलाई दिईएको छ । 

आगामि आर्थिक बर्षका लागि आयमुलक तथा व्यवसायमुखि बजेट विनीयोजन गरिएको छ भने गाँउपालिकाको सबै क्षेत्रमा सुहाउने खालको नीति तथा कार्यक्रम ल्याईएका छन् । दुहुँ गाउँपालिकाले आगामि आवका लागि पनि कृषि, शिक्षा, खानेपानी र सडकलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको अध्यक्ष कार्कीले बताउनु भयो ।