दार्चुला बहुमुखी क्याम्पसको १६ औँ बार्षिकत्सव सम्पन्न । 

४ बर्ष अघि

२0७६ फाल्गुन ७ बुधबार

दार्चुला बहुमुखी क्याम्पसको १६ औँ बार्षिकत्सव सम्पन्न । 

रमेश खत्री फागुन ७ दार्चुला ।दार्चुला बहुमुखी क्याम्पसको १६ औँ बार्षिकत्सव सम्पन्न भएको छ । क्याम्पसको १६ औँ वार्षिकत्सव कार्याक्रममा प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले बार्षिक मुखपत्र स्पन्दनको लोकार्पण गरेका हुन । हरेक वर्ष वार्षिकत्सवको अवसरमा क्याम्पसले आफ्नो मुखपत्र स्पन्दन प्रकाशन गर्दै आईरहेका छ ।  एघारौँ संकरणको रुपमा प्रकाशन भएको उक्त मुखपत्रमा एक सय पृष्ठसंख्या रहेका छन् । क्याम्पस प्रमुख कृष्णसिंह साउँद संरक्षक रहेको मुखपत्रको सम्पादन मण्डलमा तीन जना रहेका छन् ।  प्रधान सम्पादक धाना धामी, सम्पादक डम्मरसिंह साउँद र सम्पादन सहयोगी पदमसिंह बडाल रहेका छन् । क्याम्पसका हेड असिस्टेन्ट राजेन्द्र बहादुर सुनामले कम्युटर टाईपिङ् गरेका हुन् । क्याम्पसको प्रतिवेदनसहित प्राध्यापक विद्यार्थीहरुका ४८ लेख रचनाहरु उक्त पुस्तकमा समावेश गरिएका छन् । भावना प्रिन्टिङ प्रेसबाट प्रकाशन गरिएको मुखपत्रमा क्याम्पसले सञ्चालन गरेका विभिन्न क्रियाकलापहरुको फोटो पनि समावेश गरिएको छ । पाँच सय प्रति छपाई गरेको मुखपत्र क्याम्पसका विद्यार्थी र अन्य संघ संस्थाहरुलाई निशुल्क रुपमा वितरण गरिने क्याम्पस प्रशासनले जनाएको छ ।