अनेरास्ववियूले सेटीगाउमा पनि संगठन विस्तार

४ बर्ष अघि

२0७६ फाल्गुन ६ मंगलवार

अनेरास्ववियूले सेटीगाउमा पनि संगठन विस्तार

आषिस माल बैतडी। अनेरास्वीयू बैतडीले सगंठन विस्तारलाई तिब्रता दिएको छ । संगठन बिस्तारको क्रममा मंगलबार सेटीगाउ बहुमुखी क्याम्पस र सेटीगाउ माबी मा क्याम्पस इकाई कमेटी सदस्य गठन गरेको छ । सेटीगाउ बहुमुखी क्याम्पस मा रमेस रावलको अध्यक्षतामा ३९ सदस्य क्याम्पस ईकाइ कमिटी गठन गरेको छ ।भने सेटीगाउ माबी ककरपाखामा नविन नाथ को अध्यक्षतामा ३५ जना को मुल एकाई कमिटी गठन गरीएको छ । अखिल क्रान्तिकारी र अनरास्ववियूको एकता पक्रिया पछि जिल्लाका सबै क्याम्पसमा संगठन विस्तार गरिन लागेको हो । एकाई कमिटी गठनमा अनेरास्वियू संयोजक गोविन्द माल सभाअध्य हुनुहुन्थ्योे भने केन्दीय सदस्य डिवी वोहरा, प्रमुख अतिथी रहनुभएका थिए । भने अनेरास्ववियू का नेता रमेश माल बिसन बोहराको उपस्थिती रहेको थियो । कार्यक्रम सन्चालन अनेरास्वीयु बैतडीका सह संयोजक सन्तोश रानाले गर्नु भएको थियो । जिल्लाका सबै क्याम्पसमा पनि संगठन विस्तार गरिने अनेरास्ववियू बैतडीले जानकारी दिएको छ ।