सीमा फिर्ता गरेरै छोड्छौ स् उपप्रधानमन्त्री पोखरेल ।।

४ बर्ष अघि

२0७६ फाल्गुन ४ आईतवार

सीमा फिर्ता गरेरै छोड्छौ स् उपप्रधानमन्त्री पोखरेल ।।

रमेश खत्री फागुन ४ दार्चुला ।  नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सुदुरपश्चिम पर्यटन मेला तथा दार्चुला महोत्वसको उद्घाटन गर्नु भएको छ । उद्घाटन समारोहमा बोल्दै उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले दुईवटा छिमेकी मुलुक चीन र भारतको सीमा जिल्लामा रहेको कालापानी तथा लिपुलेकको भूमि एक इन्च आफु पनि नमिच्ने र अरुबाट मिचिएको पनि मान्य नहुने बताउनु भएको छ ।  नेपाल सरकारले छिमेकीद्वारा मिचिएको भूमिका बारेमा कुटनितिक तवरबाट बार्ता गरी सो समस्याको समाधान गर्ने पनि उहाँले बताउनु भएको छ । रक्षा मन्त्रीको हैसियतले कालापानी क्षेत्रको आफुले अवलोकन गर्ने तथा त्यस क्षेत्रको समस्या समाधान र सो क्षेत्रसम्म बाटो र सडक पु¥याउन नेपाली सेनालाई सकड खन्ने जिम्मेवारी दिने बताउनु भयो । सीमा क्षेत्र रक्षाको लागि नेपाल सरकारले शसत्र प्रहरीको विओपी राख्ने र त्यसको व्यवस्थान गर्न आफू प्रतिबद्ध रहेको पनि उपप्रधान मन्त्री तथा रक्षा मन्त्री पोखरेलले बताउनु भयो ।फागुन १३ गते सम्म सञ्चालन हुने सुदुरपश्चिम पर्यटन मेला तथा दार्चुला महोत्सवमा दार्चुला जिल्लामा उत्पादित स्थानीय बस्तुको व्यापार, पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार तथा राष्ट्रिय कलाकार स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्य रहेको छ । दार्चुला र सुदूरपश्चिमका जनप्रतिनिधिहरुलाइ जनताले भोट हालेर पटकपटक पठाएपनि राज्य सञ्चालनको प्रकृयामा नपुगेको भन्दै गुनासो आउने गरेकोले अब यो ठाउँको प्रतिनिधिले केन्द्र सरकारमा राज्य सञ्चालनको केन्द्र भागमा पुग्ने दिन धेरै पर्खन नपर्ने समेत रक्षामन्त्री पोखरेलले प्रतिबद्धता जनाउनुभयो । आफ्नो भूमि रक्षाका लागि दार्चुलाबासी जनाताले पुर्याएको योगदानको उहाँले प्रशंसा गर्नुभएको छ ।