गाउँमा टेक्टर पुग्दा स्थानीय खुसि ।।

४ बर्ष अघि

२0७६ फाल्गुन १ बिहीबार

गाउँमा टेक्टर पुग्दा स्थानीय खुसि ।।

रमेश खत्री फागुन १ दार्चुला । दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ प्रितोली मल्लासैनमा   टेक्टर पुग्दा स्थानीयहरुले भव्य स्वागत गरेका छन । जिल्लाका ९ वटा स्थानीय तहमा गाडी पु¥यायन निकै सकस भईरहेका बेला लेकम गाउँपालिका वडा नम्बर ५ प्रितोली मल्लासैनमा पहिलो पटक टेक्टर पुगेको हो । म २ प १२३२ नम्बरको टेक्टर पहिलो पटक गाउँमा पुग्दा स्थानीयहरु खुसि भएको उपभोक्ता समितिका सचिव भुवन राज विष्टले जानकारी दिनुभयो । यति छिटै हाम्रो गाउँमा यो ठाउँमा गाडी पुग्ला भन्ने कल्पना सम्म गरेका थिएनै स्थानीय करविर सिह खत्रीले भन्नु भयो । खाद्यान्नको चपेटोमा रहदै आएको उक्त क्षेत्रमा अबदेखि केही राहत हुनेमा आशाबादि रहेको त्यस क्षेत्रका स्थानीयले बताएका छन । लेकम गाउँपालिकाले देवथलि प्रितोली अम्कुर गोगना गडेत सडक खण्डका लागि गत वर्ष ७० लाख रुपया बजेट विनियोजन गरिएको र थप ५० लाख रुपया छुट्टिएको लेकम गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य गोपाल सिह खत्रीले बताउनु भयो । टेक्टर साउ लोकेस भण्डारी र चालक विरेन्द्र भण्डारीलाई फुलमाला खादाले सम्मान गरेका हुन । उपभोक्त समितिका अध्यक्ष बासुसिह बोहराको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा लेकम गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य गोपालसिह खत्रीको प्रमुख आतिथ्यता भएको हो । भने गाउँका जेष्ट नागरिक करविर खत्री, प्रताप भट्ट, मोहन विष्ट लाई पनि खादा सहिद सम्मान गरिएको उपभोक्ता समितिका सचिव विष्टले बताउनु भयो ।