नौगाडमा २ दिने वृहत मेला सुरु ।।

४ बर्ष अघि

२0७६ फाल्गुन १ बिहीबार

 नौगाडमा २ दिने वृहत मेला सुरु ।।

रमेश खत्री फागुन १ दार्चुला । नौगाड गाउँपालिका दार्चुलाले २ दिने वृहत मेला तथा नेपाल भ्रमण बर्ष २०२० को अवसर पारेर विहिबार विधिवत रुपमा भ्रमण वर्षको उद्घाटन गरेको छ । नेपाल भ्रमण २०२० लाई उद्घाटन र वृहत सांस्कतिक कार्यक्रमको आयोजना गरिएको छ । दार्चुला जिल्लाका अन्य कुनै पनि स्थानीय तहले भ्रमण वर्षको तयारी नगरेको बेला नौगाड गाउँपालिकाले पहिलो पटक भ्रमण वर्षलाई वृहत सांस्कतिक कार्यक्रम मार्फत गाउँपालिकाको प्रचार प्रसार गर्न लागेको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनु भयो । दुई दिनसम्म सञ्चालन हुने बृहत सांस्कृतिक  कार्यक्रममा लोकदोहरी गायक मनोज धामी, बिष्णु खत्री र लोक दोहोरी गायिका रुपा घर्तीमगरको विजोड प्रस्तुती रहने गाउँपालिकाले जनाएको छ । नेपाल भ्रमण वर्षको उद्घाटन सँगै गाउँपालिकामा स्वास्थ्य शिविर पनि सञ्चालन गरको छ ।  शिविरमा विशेषज्ञ चिकित्सक सहितको टोली नौगाड गाउँपालिकामा पुगसकेर सेवा दिन लागेको बताएको छ । ग्रामिण बस्तीका जनताहरुको पहुच स्वास्थ्य क्षेत्रमा पु¥याउने सेवाले शिविरको आयोजना गरिएको हो । विशेषज्ञ डाक्टर सहित २५ जनाको टोलीले शिविरमा सेवा दिन छन भने शिविर अवधीभर  ल्याव प्रयोगशाला को समेत व्यवस्था गरिएको अध्यक्ष धामीले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा नसा तथा हाडजोर्नी नाक, कान, घाटी, दन्त रोग आखा स्त्री रोग लगायतका रोगहरुको उपचार तथा परार्मश दिइने छ ।

  नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीको अध्यक्षता तथा दार्चुला बाट निर्वाचित केन्दीय सांसद माननिय गणेशसिह ठगुन्नको प्रमुख आतिथ्यता तथा सुदूरपश्चिम प्रदेशका उप सभामुख निर्मला बडाल जोशीको विशिष्ट आतिथ्यता एव दार्चुला बाट निर्वाचित प्रदेश सभा माननिय सदस्य द्धय गेल्बु सिह बोहरा र मान बहादुर धामीको विशिष्ट अथ्यियतामा बृहत स्वास्थ्य शिविर सास्कृतिक कार्यक्रमको तथा योग शिविरको उद्घाटन गरिएको नौगाड गाउँपालिकाले जनाएको छ ।