दार्चुला महोत्सवको तयारी अन्तिम चरणमा ।।

४ बर्ष अघि

२0७६ माघ २९ बुधबार

दार्चुला महोत्सवको तयारी अन्तिम चरणमा ।।

 रमेश खत्री माघ २९ दार्चुला । दार्चुला उद्योग बाणिज्य संघ द्धारा आयोजना हुन गईरहेको सुदूपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सवको तयारी अन्तिम चरण पुगेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । दार्चुला उद्योग बाणिज्य संघले यहि फागुन ४ देखि १३ गते सम्म सञ्चालन हुने महोत्सव स्थलमा पत्रकार सम्मेलन गरी महोत्वसको तयारी अन्तिम चरणमा पुगेको  उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनु भयो । अपि,नम्पा ,चौलानी महाकालीको काख र मालिकार्जुनको आगन दार्चुलाको शान भन्ने मुल नाराका साथ  दार्चुला जिल्लामा रहेका पर्यटकिय स्थालहरुको प्रचार स्थानीय कला संस्कृतिको पहिचान र प्रचार प्रसार गर्ने उदेश्यले मेलाको आयोजना गरिएको अध्यक्ष ठगुन्नाले बताउनु भयो । १० दिन सम्म चल्ने महोत्सवमा करिव १ करोड सम्मको व्यापार र १ लाख ५० हजार जनाले महोत्सवमा अवलोकन गर्ने अनुमान समेत गरिएको छ । दार्चुला जिल्लामा पाइने जडिवुडि स्थानीय स्तरमा पाईने घरेलु समाग्रीहरुको उपभोग र प्रबन्धन गर्ने स्थानीय उद्यमी र सेवा प्रदायकहरुले समानको विक्री वितरण र प्रदर्शनी बिशेष सहुलियत सहित समानहरुको विक्रि वितरण गर्ने आयोजकले जनाएको छ