नौगाडमा बृहत स्वास्थ्य शिविर आयोजना हुदै । 

४ बर्ष अघि

२0७६ माघ २७ सोमबार

नौगाडमा बृहत स्वास्थ्य शिविर आयोजना हुदै । 

रमेश खत्री माघ २७ दार्चुला । नौगाड गाउँपालिका दार्चुलामा वृहत स्वास्थ्य शिविर तथा सांस्कृतिक कार्यक्रम र योग शिविर संञ्चालन हुने भएको छ । आगामी फागुन १,र २ गते कार्यक्रम हुन लागेको को हो कार्यक्रम नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडमा हुने छ । नेपाल भ्रमण बर्ष २०२० लाई भव्य रुपमा सफल पार्न कार्यक्रम आयोजना गरिएको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनु भयो । ग्रामीण वस्तीका जनताहरुको पहुच स्वास्थ्य क्षेत्रमा पु¥यायने उद्देश्यले शिविरको आयोजना गरिएको हो । विशेषज्ञ डाक्टर सहित २५ जनाको टोलीले शिविरमा सेवा दिने छन भने शिविर अवधीभर ल्याव प्रयोगशाला को समेत व्यवस्था गरिने अध्यक्ष धामीले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा नसा तथा हाडजोर्नी ,नाक,कान,घाटी, दन्त रोग आखा स्त्री रोग लगायतका रोगहरुको उपचार तथा परामर्श दिइने छ । कृषि क्षेत्रका विज्ञहरुबाट कृषि सम्बन्धि सेवाहरु पर्यटन विज्ञहरुबाट पर्यटन सम्बन्धि सेवाहरु दिइने गाउँपालिकाले जनाएको छ । कार्यक्रमा स्थानीय कला संस्कृती सहितका झाँकीहरु समेत प्रदर्शन गरिने छ । कार्यक्रमा स्थानीय कला संस्कृति सहितका झाँकीहरु समेत प्रदर्शन गरिनेछ । शिवर सञ्चालन हुने कार्यक्रममा प्रतिनिधि सभा सदस्य गणेश सिह ठगुन्ना सुदूरपश्चिम प्रदेशका उप सभामुख निर्मला बडाल जोशी प्रदेश सभा सदस्य मानबहादुर धामी र गेल्बु बोहराको समेत उपस्थिति रहने छ । लोक तथा दोहोरी गायक मनोन धामी विष्णु खत्र रि रुपा घर्ति मगर र अन्य स्थानीय कालाकारहरुले प्रस्तुति रहने अध्यक्ष धामीले बताउनु भयो ।