अनेरास्ववियू कमिटी विस्तार ।।

४ बर्ष अघि

२0७६ माघ २२ बुधबार

अनेरास्ववियू कमिटी  विस्तार ।।

रमेश खत्री माघ २१ दार्चुला ।अनेरास्ववियूको कमिटी विस्तार अखिल नेपाल राष्ट्यि स्वतन्त्र विद्यार्थी युनियन दार्चुलाले राष्ट्यि क्याम्पस दत्तुमा प्रारम्भीक कमिटी विस्तार गरेको छ । आगामी स्वतन्त्र विद्यार्थी युनियन दार्चुलाको निर्वाचनलाई लक्षित गर्दै कमिटी विस्तार गरेको हो । राष्ट्यि क्याम्पस दत्तुमा गोपालसिह धामी अध्यक्ष रहने गरी २१ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा पूजा नगारी, सचिव रिता धामी, सहसचिव कविता चैसिर, र कोषाध्यक्षमा कविता बोहरा चयन भएका छन्। अनेरास्ववियूका गणेशसिह सामन्तको अध्यक्षतामा भएको भेलामा अनेरास्ववियू केन्द्रीय सदस्य खेमराज जोशीको प्रमुख आतिथ्य रहेको थियो । यस्तै विशिष्ट अतिथि महाकाली नगरपालिका नगर अध्यक्ष नरसिह चैसिर, अखिलका जिल्ला संयोजक आनन्द बडाल, सह संहयोजक राजेन्द्र डागा लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन विद्यार्थी नेता केशव मिश्रले गर्नु भएको थियो ।