७९ औ राष्ट्रिय शहिद दिवस दार्चुला पनि मनाईयो । 

४ बर्ष अघि

२0७६ माघ १६ बिहीबार

७९ औ राष्ट्रिय शहिद दिवस दार्चुला पनि मनाईयो । 

रमेश खत्री माघ १६ दार्चुला ।७९ औ राष्ट्रियशहीद दिवस दार्चुलामा पनि मनाएका छन । प्रजातन्त्रको स्थापना र पुनस्थापना लगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा बिहीबार महाकाली नगरपालिका दार्चुलाले पनि दिवस मनाएको हो । शहीद दिवसको अवसरमा महाकाली नगरपालिका दार्चुलाले स्थानीय सरोकावाल निकायहरु सित संयुक्त रुपमा सहिदहरुको फोटोमा माल्यारपण गरि दिवस मनाएका छन । एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणाशासकले १९९७ सालको माघ १० गते काठमाण्डौको टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । शहिद हरुको सपना सकार पार्न अहिले नेपाल भरि दिवस मनाइएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले पनि शहिद दिवसको अवसरमा खलंगा बजारमा  परिक्रमा गरि दिवस मनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष विरसिह बडालले बताउनु भयो ।