मालिकार्जुन गाउँपालिकाले बालविवाह अन्त्यका लागि स्थानीय रणनीनि २०७६ पारित ।।

४ बर्ष अघि

२0७६ माघ १६ बिहीबार

मालिकार्जुन गाउँपालिकाले बालविवाह अन्त्यका लागि स्थानीय रणनीनि २०७६ पारित ।।

दृष्टिकोण समाचार माघ १६ दार्चुला । मालिकार्जुन गाउँपालिकाले बालविवाह अन्त्यका लागि स्थानीय रणनीनि २०७६ पारित गरि कार्यान्वयनमा ल्याएको छ । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाले सबै वडाहरुमा बालविवाह अन्त्य गर्न सबै बालक्लव तथा जनप्रर्तिनिधिहरुले अग्रसर्ता देखाएका हुन । बालविवाह रोक्न शङ्करपुर माविमा गठित बालक्लबले स्थानीय सरकारको ध्यानर्कषण गराइ मालिकार्जुन गाउँपालिका –८ का हरीना धामीकी १५ वर्षीया छोरीको महाकाली नगरपालिका–९ सकारका १५ वर्षीय बालकसँग विहे गराउने तयारी भएको भन्दै बालविवाह रोक्न गाउँपालिकालाई पत्राचार गरेको थियो । बालक्लबका अध्यक्ष दीपक धामीका अनुसार बालिकाले आफ्नो बिहे जबर्जस्ती आमाले गर्न खोजेको भन्दै सो क्लबमा खबर गरेको थियो । बालिकाको बिहे जबर्जस्ती गराउने खबर पाएपछि आफूहरुले बालसञ्जाल समितिमा निवेदन दिएकाउहाँले बताउनु भयो । गाउँपालिकाले बालविवाह अन्त्यका लागि स्थानीय रणनीति २०७६ तयार गरेको छ । गाउँपालिका भित्र बालविवाह अन्त्य गर्ने लिइएको लक्ष्यअनुसार बालविवाह गर्न नहुने भन्दै अहिले बालक्लब सक्रिय भएको क्लबका अध्यक्ष धामीले बताए। गाउँपालिकाले वि सं २०७८ भित्र बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने गरी रणनीति बनाएको छ। बालविवाह अन्त्यका लागि मालिकार्जुन गाँउपालिका र गुडनेभर ईन्टरनेस्नल नेपाल दार्चुलाले विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गरि अभियानर्लाइ अगाडि बढाईरहेको गुडनेभर ईन्टरनेस्नल नेपाल दार्चुलाका जिल्ला संयोजक नाराण प्रसाद चौधरीले जानकारी दिनु भयो । गाउँपालिकाले ‘बालविवाह मुक्त बालबालिका, समृद्ध गाउँपालिका’ भन्ने मूल नाराका साथ अभियान थालनी गरेको छ। मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७३ ले बिहे गर्ने उमेर २० वर्ष तोकेको छ ।