स्वास्थ्य कार्यालय दार्चुलाको पत्रकारहरुसंग अन्तरक्रिया ।

४ बर्ष अघि

२0७६ माघ १५ बुधबार

स्वास्थ्य कार्यालय दार्चुलाको पत्रकारहरुसंग अन्तरक्रिया ।

रमेश खत्री माघ १५ दार्चुला ।स्वास्थ्य कार्यालय दार्चुलाले पत्रकार तथा सञ्चारकार्मीहरु संग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । चालु आर्थिक वर्षका कार्यक्रम तथा योजना लगायतका बारेमा जानकारी गराउने उद्देश्यले स्वास्थ्य कार्यालय दार्चुलाले जिल्लामा रहेका पत्रकार तथा सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो । स्वास्थ्य कार्यालयद्धारा सञ्चालन गरिने कार्यक्रम तथा स्वास्थ्य सम्बन्धी जानकारी गराइने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनु भयो । चालु आर्थिक वर्षका कार्यक्रमहरुका बारेमा स्वास्थ्य कार्यालय दार्चुला खोप सुपरभाइरजर विरेन्द्रराज भट्टले प्रस्तुती गर्नु भएको थियो । साथै स्वास्थ्य सन्देश प्रसारणका लागि रहेको बजेट तथा कार्यक्रमका बारेमा समेत जानकारी गराइएको छ ।स्वास्थय कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ प्रदेश समिति सचिव प्रेम चुनारा प्रमुख अतिथि रहनु भएको थियो । यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिँह धामी विशिष्ट अतिथि रहनु भएको अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु तथा प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।