६७ औँ कुष्ठरोग दिवस दार्चुलामा पनि मनाइयो ।। 

४ बर्ष अघि

२0७६ माघ १२ आईतवार

६७ औँ कुष्ठरोग दिवस दार्चुलामा पनि मनाइयो ।। 

दृष्टिकोण समाचार माघ १२ दार्चुला ।  स्वास्थ्य कार्यालय दार्चुलको आयोजना गरेको ६७ औ कुष्ठरोग दिवस दार्चुलामा पनि मनाइएको छ । कुष्ट रोग विरुद्ध हाम्रो अभियान ,भेदभाव अन्त्य मानव अधिकारको सम्मान भन्ने मुलनाराका साथ ६७ औँ कुष्ठरोग दिवस दार्चुमा पनि मनाईएको हो । दार्चुलामा कुष्ठरोगीहरुलाई स्वास्थ्य संस्था सम्म पुगाएर बलैमा उपचार गराउन सबै स्थानीय तह नागरिक समाज सबैले सहयोग गरेमा यो रोगको निदान हुने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । हाल दार्चुला जिल्लामा ३२ जना कुष्ठरोगका विरामीहरु फेला परेका छन । विश्व स्वास्थ्य संगठनका अनुसार प्रति १० हजार जनसंख्यामा एक जना पनि बिरामी नहुनुलाई जनस्वास्थ्य समस्या नभएको मानिन्छ । प्राथमिकतामा नपर्दा सन् २०२० सम्म देशबाट कुष्ठरोग उन्मूलन गर्ने सरकारको योजना छ । कासमाजले अपहेलना गर्ने डरका कारण बिरामी रोग लुकाएर बस्ने गरकाले कुष्ठरो उनमुलन गर्न नसकिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टको भनाई रहेको छ । ‘शरीरमा फुस्रो र नदुख्ने दाग देखिनु यो रोगको प्रमुख लक्षण हो । नदुख्ने दागलाई बिरामीले समस्या मान्दैनन, उपचार खोज्दैनन,’ उनले भने, ‘कुष्ठरोगले अपांग नै बनाइदिएपछि मात्रै उपचार खोज्ने गरेका छन । आईतबार दार्चुला जिल्लाका सरोकावाल निकायहरु सित अन्तकृया कार्यक्रमको आयोजना गरि दिवस मनाएका हुन