सामाजिक सुधारमा नेपाली सेना ।।

४ बर्ष अघि

२0७६ माघ १२ आईतवार

सामाजिक सुधारमा नेपाली सेना ।।

रमेश खत्री माघ १२ दार्चुला । दार्चुला जिल्लामा रहेको दुर्गादल गुल्म दार्चुलाले छन्ना तिङरी कन्या माविलाई खेल सामाग्री र पुस्तकहरु वितरण गरेको छ । दुर्गा दल गुल्म दार्चुलाको १८ औँ बार्षिकोत्वसबको अवसरमा विद्यालयलाई खेलकुद र पाठ्यपुस्तकहरु हस्तान्त्रण गरेको हो ।  नेपाली सेना नागरिक सम्म भन्ने मुल नाराका साँथ श्री दुर्गालद गुल्म दार्चुलाको १८ आँै बार्षिकोत्वसबमा विद्यालयलाई आवश्यक पर्ने सामाग्रीहरु वितरण गरिएको दुर्गादल गुल्म दार्चुलाका गुल्म पति श्यामराजा विक्रम थापाले जानकारी दिनु भयो ।  विद्यालयको शैक्षिक सुधारका लागि नेपालि सेनाले गरेको काम प्रर्ति छन्ना तिङकरी कन्या माविका प्रधानाध्यापक गीता कुवरले दुर्गादल गुल्मले गरेको काम प्रेरणादायि बनेको बताउनु भयो । महाकाली नगरपालिका वडा नं. ४ मा रहेको छन्ना तिङकरी कन्या मा वि मा  अध्ययन गर्ने छात्राहरुको शाररिक सुधार हने र पठाईमा सुधार होस भन्ने उदेश्यले खेलकुदका सामाग्रीहरु वितरण गरिएको दुर्गादल गुल्म दार्चुला प्रमुख श्यामराजा विक्रम थापाले जानकारी दिनु भयो ।