४५ दिने  बाँस निगालो तालिम सम्पन्न ।

४ बर्ष अघि

२0७६ माघ ९ बिहीबार

४५ दिने  बाँस निगालो तालिम सम्पन्न ।

रमेश खत्री माघ ९ दार्चुला ।घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाको आयोजनामा ४५ दिने  बाँस निगलोको तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग शाखाको आर्थिक तथा प्रवाधिक सहयोगमा महाकाली नगरपालिका वडा नम्बर १ मा बुधबार तालिम सम्पन्न भएको हो । स्थानीय कच्चा पर्दाथको प्रयोग बाट आर्थिक उन्नती गरि सफल उद्यमी उत्पादन गर्ने उदेश्यले तालिम दिएको वरिष्ठ उद्योग अधिकृत गंगा कुमारी मगरले बताउनु भयो । तालिममा ११ जनाको सहभागिता रहेको थियो भने उक्त तालिममा निगालो बास बाट निर्मित बासको मुडा फुल दानी फोटो फ्रेम पुजा टोकरी बनाउन सिकाएको उद्यम विकास सहजकर्ता शेरसिह धामीले बताउनु भयो ।