लागु औषधको न्युनिकरणमा हामी सबैको ध्यानजानु आवश्यक रहेको कार्यक्रमका सहभागीहरुको जोड ।।

६ बर्ष अघि

२0७५ असार १२ मंगलवार

लागु औषधको न्युनिकरणमा हामी सबैको ध्यानजानु आवश्यक रहेको कार्यक्रमका सहभागीहरुको जोड ।।

राम सिह धामी सुदुरदृष्टीकोण समाचार दार्चुला ।
लागु औषधको न्युनिकरणमा सबै क्षेत्रको ध्यान जानु आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । 
जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजनामा सञ्चालन गरीएको लागु औषध ओसारपसर विरुद्धको अन्तर राष्ट्रीय दिवसको अवसरमा सञ्चालन गरिएको कार्यक्रममा मन्तव्य राख्ने क्रममा कार्यक्रमका सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन । 
स्वास्थ्य सवल र समृदि नेपालको प्रतिबद्धता ,लागु औषध अपराध विरुद्धको ऐक्यवद्धता भन्ने मुल नाराका सथ सञ्चालन गरिएको कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायले देशभरी लागु औषध विरुद्ध अभियान चलीरहेको भएपनि दार्चुला जिल्लामा भने दुई देशको सिमाना रहेको जिल्लामा रहेको  लागु औषध न्युनिकरणमा चुनौतिरहेको बताउनु भयो । दुई देशको सिमाना भएकाले ओसारपसार बढि हुने र नेपालको मान्छे भारत गएर लागुऔषध प्रयोग गरेर आउने भएकाले पनि धेरै चुनौति रहेका बताउनु भयो । 

हरेक क्षेत्रमा लागु औषधका कारण महिला हिंसा, बालबालिका बेचविखन तथा ओसारपसार हुने , समाजमा कोलाहल हुने जस्ता बिकृतिहरु बढिरहेकाले यसको न्युनिकरण गर्नका लागी दार्चुला जिल्ला लगायत देश भरिका ७७ वटै जिल्लामा यो दिवस मनाईएको बताउछन जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रही प्रमुख नबराज अधिकारीले जनाएका छन ।  
त्यसै गरि समाजमा हुने विभिन्न हिंसाहरुको न्युनिकरणका लागी प्रहरी प्रशासन र नेपाल सरकाले विशेष पलह चाल्नु आजको आवश्यक्ता रहेको महिला सञ्जालका जिल्ला अध्यक्ष हिरा देवि अवस्थीले बताउनु भयो । 
लागु औषध विरुद्धको दिवसको आवसरमा मंगलबार विहान प्रभात फेरी कार्यक्रम सञ्चालन गरि दार्चुलाको खुल्ला मञ्चमा कोणसाभाको आयोजना गरि समापन भएको छ ।