महिला पत्रकारिता तालिम सम्पन्न ।।

४ बर्ष अघि

२0७६ पुष २0 आईतवार

महिला पत्रकारिता तालिम सम्पन्न ।।

रमेश खत्री पौष २० दार्चुला । दार्चुलामा अाधारभुत महिला पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ शाखाद्धारा दार्चुलामा पहिलो पटक पुष १४ गतेदेखि सञ्चालित महिलाहरुका लागि ७ दिने आधारभूत तालिम आईतबार सम्पन्न भएको हो । दार्चुला जिल्लामा महिला पत्रकारहरुको उल्लेख्य सहभागिता गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको पत्रकार महासंघका अध्यक्ष शंकरसिँह धामीले बताउनु भयो । 
समापन  कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सञ्चार क्षेत्रमा मात्रै नभई अन्य निकायहरुमा पनि महिलाको सहभागिता कम हुने गरेकाले पत्रकार महासंघले आयोजना गरेको तालिमले सिंगो जिल्ला भारिका महिलाको अधिकार बुल्द गर्न सबै महिला पत्रकारहरुलाई आग्रह समेत गरेका छन । नेपाल पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष शङकर सिह धामीको अध्यक्षता भएको कार्याक्रमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आथ्यितामा भएको थियो उक्त कार्याक्रमा दार्चुला स्थित सञ्चारकर्मी र प्रशिक्षार्थी हरुको कार्यक्रममा सहभागिता रहेको थियो । उक्त तालिमबाट ७ जना महिला पत्रकारलाई पत्रकार महासंघले प्रोतसाहान स्वरुप रु ५ हजार मासिक खाजा खर्च दिने गरि छनोट समेत गरेका छन । तालिममा जम्मा २७ जनाको सहभागिता रहेको थियो ।