दार्चुलामा पत्रकारहरुले गरे भ्रमण वर्षको सुरुवात । 

४ बर्ष अघि

२0७६ पुष १६ बुधबार

 दार्चुलामा पत्रकारहरुले गरे भ्रमण वर्षको सुरुवात । 

रमेश खत्री पौष १६ दार्चुला । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा दार्चुलामा दार्चुलाका प्रमुख पर्यटकीय गन्तब्यहरु र तिनको प्रवद्र्धन विषयक अन्तक्रिया कार्यक्रम गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल सरकारले देशभरी नेपाल भ्रमण वर्ष उद्घाटन कार्यक्रम गरेको छ भने दार्चुलामा पनि विभिन्न पत्रकारहरुको संगठनहरुको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासंघ, नेपाल पर्यटन पत्रकार महासंघ तथा नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखाको संयुक्त आयोजनामा जिल्ला सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दार्चुलाका अध्यक्ष शंकरसिँह धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल प्रमुख अतिथि रहनु भएको थियो । जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, नेकपाका नेताहरु तथा जिल्लामा क्रियाशील पत्रकार एवं प्रशिक्षार्थी पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको कार्यपत्र फोटो पत्रकार महासंघका अध्यक्ष एवं दार्चुला सन्देश दैनिकका सम्पादक पदम बडालले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाल पर्यटन पत्रकार महासंघ जिल्ला शाखा दार्चुलाका अध्यक्ष रामसिँह धामीले कार्यक्रमको सञ्चालन गरेका थिए ।