पाँच दिने महिला पत्रकारिता तालिम सुरु ।।

४ बर्ष अघि

२0७६ पुष १४ सोमबार

पाँच दिने महिला पत्रकारिता तालिम सुरु ।।

रमेश खत्री पौष १४ दार्चुला । दार्चुलामा आजदेखि महिला पत्रकारिता तालिम सञ्चालन गरिएको छ । नेपाल पत्रकार महासंघ शाखाद्धारा दार्चुलामा पहिलो पटक महिलाहरु लागि पाँच दिने आधारभूत तालिम सञ्चालन गरिएको पत्रकार महासंघका अध्यक्ष शंकरसिह धामीले बताउनु भयो । जिल्लाका महिलाहरुलाई सञ्चारमाध्यममा सहभागिता गराउने उद्देश्यले पाँच दिने तालिम मसञ्चालन गरिएको अध्यक्ष धामीले बताउनु भयो । जिल्लाका सञ्चार माध्यममा महिला जनशक्ति व्यवस्थापन गर्ने लगायतका उद्देश्यले आजबाट पाँच दिने तालिममा सञ्चालन गरिएको हो । साथै महिला प्रतिनिधित्व गराउन समेत तालिमको सञ्चालन गरिएको हो । नेपाल पत्रकार महासंघ दार्चुला शाखाले महिला पत्रकारहरु उत्पादन गर्ने उद्देश्यले १५ जना महिला पत्रकारहरुका लागि तालिम सञ्चालन गरेको थियो । १५ जना मात्रै माग गरिएको भएपनि २५ जनाको आबेदन परेको नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति सदस्य गगनसिँह विष्टले जानकारी दिनुभयो । आबेदन दिएका सबै महिला आबेदकहरुलाई तालिममा सहभागिता गराउने वातावारण सृजना गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ । २५ जना महिलाहरुको आबेदन परेकोमा आज पहिलो दिन २४ जनाको सहभागिता रहेको थियो भने जिल्लामा क्रियाशील विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । आज पहिलो दिनको सत्रमा नेपाल पत्रकार महासंघ दार्चुलाका शाखा अध्यक्ष शंकरसिँह धामीले तालिममा प्रशिक्षण गर्नु भएको थियो ।