शैक्षिक क्षेत्रको सुधारका लागि गैरसरकारी निकाय उदाहरणिय बन्दै (फोटो फिचर)

४ बर्ष अघि

२0७६ पुष ११ शुक्रबार

शैक्षिक क्षेत्रको सुधारका लागि गैरसरकारी निकाय उदाहरणिय बन्दै (फोटो फिचर)

रमेश खत्री पौष ११ दार्चुला ।दार्चुला जिल्लामा शिक्षा क्षेत्रको विकास र सुधारका लागि गैरसरकारी संस्थाले गरेको काम अतुलनिय रहेको स्थानीय सरकारहरुले बताएका छन ।जिल्लाको मालिकार्जुन गाँउपालिका र महाकाली नगरपालिकामा शिक्षा क्षेत्रमा विभिन्न कृयाकलपहरु गरि शिक्षण सिकाईमा सुधार भएको हो । महाकाली नगरपालिकाको वडा नं.९ र मालिकार्जुन गाँउपालिका क्षेत्र भित्र रहेका आधारभुत विद्यालयहरु र मावि विद्यालयहरुमा शैक्षिक समाग्रीहरु वितरण गरेको पाईन्छ । भने विद्यालयमा भौतिक पुर्वाधारहरु निमार्ण गरि शिक्षाको क्षेत्रमा सुधार भएको मालिकार्जुन गाँउपालिकाका उपाध्यक्ष पुष्पा अवस्थीले बताउनु भयो ।
लिकार्जुन गाँउपालिका क्षेत्रमा रहेका विद्यलयहरुमा छात्रा मैत्री शैचालयहरु निर्माण गरि महिनावारी भएका बेलामा पनि छात्राहरुले विद्यालय आउने गरेको र शिक्षण सिकाईमा पहिलेको भन्दा अहिले सुधार आएको मालिकार्जुन मावि मडका शिक्षक ग्रीसराज ओझाले बताउनु भयो ।दार्चुला जिल्लाको शिक्षण सुधारमा पुर्वाधार विकास, शैक्षिक समाग्री खरीद, तालिमहमारु सञ्चालन र विद्यार्थिहरुलाई पोसाक वितरणमा गुडनेभर ईन्टर नेस्नल नेपालले १ करोड २६ लाख ४१ हजार बरावरको लगानी शिक्षा क्षेत्रमा गरेको बताएका छन । आर्थिक बर्षमा मात्रै विभिन्न विद्यालयहरुमा भवन मर्मत, कम्प्युटर ल्यापहरु सञ्चालन र शैक्षिक समाग्री खरिदमा उक्त बजेट खर्च गरिएको गुडनेभर ईन्टरनेस्नल नेपाल दार्चुलाका कोडनेटर नाराण प्रशाद चौधरीले बताउनु भयो ।