दार्चुलामा सुन्तला उत्पादन बढ्दो ।।

४ बर्ष अघि

२0७६ पुष ११ शुक्रबार

दार्चुलामा सुन्तला उत्पादन बढ्दो ।।

रमेश खत्री पौष ११ दार्चुला । दार्चुलामा यस वर्ष सुन्तला र उत्पादन बढेको छ । यो वर्ष समयमै पानी परेको र असिना लगायत हावाहुरी तथा रोगकिरा नलागेपछि गत वर्ष भन्दा यो वर्ष सुन्तला उत्पादन बढेको छ । गत वर्षको भन्दा यो वर्ष बढी सुन्तला उत्पादन भएको महाकाली नगरपालिका वडा नम्बर ६ का कृषक प्रेम बहादुर पालले बताउनु भयो । ‘यो वर्ष बोट भरी सुन्तला फल्यो, गत वर्ष यति धेरै सुन्तला फलेको थिएन’ कृषक पालले भन्नु भयो । मौसम अनुकूल भएकाले यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हुन सक्ने अनुमान गरिएको छ । पालले गएको वर्ष सुन्तला विक्री गरेर २ लाख रुपैया आम्दानी गरेका थिए । गत वर्ष २ लाख आम्दानी गरेका कृषक पालले यो वर्ष भने आम्दानी बढ्ने अनुमान गरिएको बताउनु भयो । पालका अनुसार गत वर्षको भन्दा यो वर्ष सुन्तला उत्पादन बढी भएकाले आम्दानी पनि राम्रो हुने आशा बढेको छ । सदमुकाम खलगा बजारमा प्रतिदिन २ डोको सुन्तला विक्रि गर्ने पालले दैनिक ३० हजार रुपैयासम्म आम्दानी हुने गरेको बताए । हाल बारीमा रहेका सय जति सुन्तलका बोटहरु राम्रो फल लागेको उहाँको भनाई छ । दार्चुलामा सुन्तलाको बजार पनि राम्रो छ । दार्चुला जिल्लाका महाकाली नगरपालिका निशिल र धौकोट, दुहुँ गाउँपालिकाको धारी ब्रह्मदेब व्याँस गाउँपालिको बसेडी हुती लगायतको क्षेत्र सुन्तलाको उत्पादन बढी क्षेत्र हुन् । पछिल्लो समय दार्चुला जिल्लाका अन्य धेरै क्षेत्रहरुमा सुन्तला खेती गर्ने किसानहरु बढी रहेका छन् ।