दार्चुलामा ३ दिन देखि फोन सेवा अवरुद्ध ।

४ बर्ष अघि

२0७६ मंसिर २९ आईतवार

दार्चुलामा ३ दिन देखि फोन सेवा अवरुद्ध ।

रमशे खत्री मंसिर २९ दार्चुला,मैसममा आएको परिवर्त संगै दार्चुला जिल्लामा तीन दिन देखि फोन सेवा अवरुद्ध भएको छ । 
शुक्रबाट बेलुकी ८ बजेबाट  दार्चुलाको फोन, इन्टरनेट सेवा अवरुद्ध भएको हो । नेपाल टेलीकमाको मुख्य रिपिटर टावर मालिकार्जुन गाउँपालिकाको भगगवती स्थित बालशिखरमा पावर समस्या हुदा बैतडि र डडेधुराबाट रिपिटरमा खरावि आउदा फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।  टेलिफोन तथा ईन्टरनेटका कारण दार्चुला जिल्लामा रहेको सरकारी तथा गौरसरकारी कार्यालयको काम कामज ठप्पभएको छ भने स्थानीय सञ्चार माध्यमहरुमा पनि समाचार प्रशासरण तथा प्रकासनमा पनि बाधा पुगेको छ ।