मौसम परिवर्तन नहुदा जनजिबन प्रभावित

४ बर्ष अघि

२0७६ मंसिर २७ शुक्रबार

मौसम परिवर्तन नहुदा जनजिबन प्रभावित

 राम सिह धामी मंसिर २७ दार्चुला । दार्चुला जिल्ला लगायत सुदुरपश्चिम भरि बुधबारबाट भएको मौसम परिवर्तनका कारण जनजिवन प्रभावित भएको छ । हिजो राति देखि सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा अविरल बर्षासंगै हिमपात परेको छ । विहिवार राति देखि दार्चुला, बैतडी, डडेल्धुरा, डोटी लगायतका जिल्लाका उच्च हिमाली र लेकाली भेगमा हिमपात भईरहेको छ ।  लगातारको बर्षका कारण गाई बस्तुलाई घास सुवाउन तथा साना बालबालिकाहरुलाई विद्यालय पठाउन समस्या भएको स्थानीय कल्यान सिह धामीले बताउनु भयो । विगत दुई दिन यता मौसमी परिवर्तनका कारण गहूबालिमा सुधार हुने भएपनि चिसोका कारण जनजिवन प्रभावित बनेको स्थानीय धामीले बताएका हुन । चिसो मौसम विशेष गरि बालबालिका र बुढापाखाहरुको स्वास्थ्यमा समस्या हुने भएकाले तातो सुप , गोडागुडि र झोलिलो कुरा खान सबैलाई जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले बताउनु भयो ।