लागु औषधको न्युनिकरणका लागी सबैले एकजुट भएर मात्रै परिवर्तन गर्न सकिन्छ उप सचिव न्यौपाने ।।

६ बर्ष अघि

२0७५ असार ११ सोमबार

लागु औषधको न्युनिकरणका लागी सबैले एकजुट भएर मात्रै परिवर्तन गर्न सकिन्छ उप सचिव न्यौपाने ।।

समाजमा रहेको विकृतिलाई हटाउनका लागी सबैले हातेमालो गरेर अघि बढेमा मात्रै समाज परिवर्त गर्न सकिने आन्तरीक मालिला तथा कानुन मन्त्रलयका उप सचिव निल कुमार न्यौपानेले बताउनु भयो ।

दार्चुला जिल्लामा रहेका सरोकारवाला निकायका पदाधिकारीहरु सितको लागु अाैषध सचेतना सम्बन्धी एक दिने गोष्ठीमा आफ्नो मन्तव्य राख्ने क्रममा उपसचिव न्यौपानेले उक्च कुरामा जोड दिएका हुन । हरेक समाजमा विभिन्न लागु औषधको प्रयोगले एक दिनमा विश्वभरी ३ जनाको मृत्यु भईरहेकाले अव लागु औषधको न्युनिकरणका लागी मन बचन र कर्मले अगाडि बढन सके समाजको विकृति हटाउन सकिने उप सचिव निलकुमार न्यौपानेले बताउनु भयो । आन्तरीक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं.७ को आयोजनामा सञ्चालन गरेको गोष्टीमा लागु औषधको कारण , यसको रोक्थाम तथा लागु औषध दुव्र्यसन नियन्त्रणमा सरोकारवलाहरुको भुमिकाका बारेमा जानकारी समेत गराएका छन । कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायले लागु औषध न्युनिकरणको अभियानमा सरकारी निकायले पनि पहल चालिरहेकाले यसको निरन्तरता दिनु आवश्यक रहेको बताउनु भयो । दार्चुला जिल्ला त्रीदेशीय सिमाना रहेको जिल्ला भएकाले अवका दिनमा हरेक क्षेत्रमा लागु औषधका कारण हुने घटनाहरुको न्युनिकरणमा सबै सरोकावाला निकाहरुले हातमा हात मिलाएर अगाडि बढ्नु पर्ने कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।