७ किलो चरेश सहित चार जना पक्राउ ।

४ बर्ष अघि

२0७६ मंसिर २६ बिहीबार

७ किलो चरेश सहित चार जना पक्राउ ।

कैलाली मंसिर २६ । कैलालीको अत्तरियाबाट ७ किलो चरेश सहित चार जान पक्राउ पेरका छन । ईलाका प्रहरी कार्यालाय मालाखती र प्रहरीको सुदूरपश्मि प्रदेश अनुसन्धान समूह आरआइटीको सयुक्त टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका २ मा कोठा बाट लुकाएर राखेको अवस्थामा ७ किलो चरेश सहित चारजनालाई पक्राउ गरेको हो । दार्चुला मार्मा गाउँपालिका वडा नम्बर १ घर भई हाल कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ बस्ने ३२ बर्षीया जसमलसिह ठगुन्ना दार्चुला अपि हिमाल गाउँपालिका वडा नम्बर ४ का २४ वर्षीय हिक्मतसिह धामी र मार्मा गाउँपालिका वडा नम्बर १ का २७ बर्षीय जिवनसिह ठगुन्ना सोही ठाउँका २५ वर्षीया उकिलसिह ठगुन्नालाइ पक्राउ गरिएको हो । जसमलसिह ठगुन्नाको कोठा बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कोठा भित्र रहेको काठको पलङ मुनी भुईमा लुकाई राखेको अवस्थामा राखीएको कालो झोला भित्र चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्रेतले बताए ।