२५ जना जेष्ठनागरिक आमाहरुलाई सम्मान । 

४ बर्ष अघि

२0७६ मंसिर २५ बुधबार

२५ जना जेष्ठनागरिक आमाहरुलाई सम्मान  । 

रमेश खत्री मंसिर २५ दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ ले आज २५ जना जेष्ठनगरिक आमाहरुलाई सम्मान गरेका छन । वडापालिकाको बार्षिक कार्यक्रमको बजेटबाट चिसोका समयमा जेष्ठ आमाहरुको स्वास्थ्यलाई हेरि उनिहरुको हैसला बढाउन लागि जेष्ठ आमा सम्मान कार्याक्रमको आयोजना गरेको हो । जेष्ठ नागरिकहरु तथा लक्षित बर्गको लागि यो बर्ष पनि सबे वडाहरुमा जेष्ठ नागरिक बालबालिका अपाङगता भएका व्यक्ति लगायत एकल महिलाको हितमा महाकाली नगरपालिकाले काम गरिरहेको नगर प्रमुख हंसराज भट्टले बताउनु भयो । महाकाली नगरपालिका वडा नम्बर ४ ले हरेक आमाहरुको स्वास्थ्य बुवाहरुको भन्दा पनि बढि जोखिम हुने भएकाले यो वर्ष वडा नम्बर ४ भित्रका २५ जना जेष्ठ आमाहरुलाई चिसो सिजनमा प्रयोग हुने कपडा वितरण गरिएको वडा अध्यक्ष पुष्कर राज जोशीले जानकारी दिनु भयो ।घरमा प्राय जेष्ठ आमाहरुलाई स्वास्थ्यको क्षेत्रमा कुनै चाँसो नदिने भएकाले स्थानीयसरकारले गरेको सहयोगलाई जेष्ठ आमाहरुले खुशिका साँथ समान ग्रहण गर्दो आगामी दिनमा पनि यस्ता सम्मानको अपेक्षा गरेका बताएका हुन । पहिलो चारणमा आमाहरुलाई मात्रै सम्मान गरेको र आगामी दिनमा सबै जेष्ठनागरिकलाई समेटने गरि कामगर्ने  बताएका छन ।