मार्मा गाउँपालिकाको वडा नम्बर १ जुडेमा जीप पुग्यो ।

४ बर्ष अघि

२0७६ मंसिर २४ मंगलवार

मार्मा गाउँपालिकाको वडा नम्बर १ जुडेमा जीप पुग्यो ।

 रमेश खत्री मंसिर २४ दार्चुला ।दार्चुला जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ मा पहिलो पटक जीप पुगेको छ । मार्मा गाउँपालिका वडा नम्बर १ जुडे भन्ने स्थानमा पहिलो पटक आज जीप पुगेको स्थानीय पुस्कर ठगुन्नाले बताउनु भयो ।  मंगलबार म १ ज २१८ नम्बरको सुपर चमेलीया यातायातको जिप पहिलो पटक गाउँमा पुगेपछि स्थानीयहरु खुसि भएका छन । जीप  चालक दिलेन्द्र सिह धामीलाई स्थानीयहरुले जुडेमा भब्य स्वागत गरेका छन । मार्मा गाउँपालिका वडा नम्बर १ का वडा सचिव गौर सिह महराले जीप चालकलाई फुलमाला अबिर लगाएर स्वागत गरेका हुन । मार्मा गाउँपालिकाको सेलबिसामा यसअघि जीप सञ्चालनमा आएको थियो । आज बाट नियमित जीप सञ्चालन भए त्यहाँका स्थानीयहरुलाई आवत जावत गर्ने सहज हुनेछ ।