६ जना विप्लवका कार्यकर्ता पक्राउ 

४ बर्ष अघि

२0७६ मंसिर १0 मंगलवार

६ जना विप्लवका कार्यकर्ता पक्राउ 

रमेश खत्री मंसिर १० दार्चुला ।भारतीय हस्तक्षेत्र विरुद्ध उत्रिएका ६ जना विप्लव कार्यकर्ता दार्चुलाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेलधुराको भागेश्वर गाउँपालिका ६ का २२ वर्षीया ललित सार्कीं परशुराम नगरपालिका ५ का २३ वर्षीया गणेश बोहरा , बझाङको बुगल गाउँपालिका ४ का २९ वर्षीया तिलक कुवर तथा खप्तड छन्ना गाउँपालिका ८ का २५ वर्षिय सुभाव जोशी छन् । यस्तै दार्चुलाको मार्मा गाउँपालिका ४ का १९ वर्षीया धनसिह धामी र बाजुराको बुढीगंगा नगरपालिका १० का २१ वर्षीया दीपक रावत रहेका छन् ।
उनीहरुलाई आज विहान विषेश सुचनाका आधारमा सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । विहान ९ बजे दार्चुलाको खुल्लामञ्चमा कार्यक्रम गर्ने तयारी भईरहेको विशेष सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको सुचना अधिकारी जोशीले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट रातो झण्डा पर्चा र सहयोग रसिद बरामद गरिएको छ । ‘भारतीय बिस्तारवाद मूर्दावाद, आइ लभ नेपाल’, नरेन्द्र मोदी मूर्दावाद, कालापानी हाम्रो हो’, लगायत लेखेका पर्चा फेला पारेको जोशीले बताए ।