चौथो उद्योग दिवस २०७६ दार्चुलामा पनि मनाईयो (फोटो फिचर )

४ बर्ष अघि

२0७६ मंसिर ९ सोमबार

चौथो उद्योग दिवस २०७६ दार्चुलामा पनि मनाईयो (फोटो फिचर )

रमेश खत्री मंसिर ९ दार्चुला । दार्चुला जिल्लामा पनि चौथौ उद्योग दिवस मनाइएको छ । घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाको आयोजनामा विभिन्न उद्यमीहरुको सहभागितामा उद्योग दिवस मनाईएको हो । जिल्ला भरीका विभिन्न साना उद्योगहरुमा उत्पादित बस्तुहरुको पर्दशनी सहित घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाको प्राङणमा दिवस मनाईएको हो । वरिष्ठ उद्योग अधिकृत गंगा कुमारी मगरको अध्यक्षता एंव जिल्ला समन्वय समिति प्रमुख करविरबहादुर कार्कीको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।  दिवसको अवसरमा मन्तव्य राख्रे अधिकाश व्यक्तिहरुले जिल्लामा साना उद्योगहरुलाई विकास गरी जिल्लाको आर्थिक स्थितिलाई बलियो बनाउनु पर्ने बताएका छन । त्यस्तै दार्चुला जिल्लामा विभिन्न उद्योग स्थापना गर्न सके सम्भावना रहेको भएपनि भौतिक पूर्वाधार बजार प्रबद्रधन आवश्यक सीप विकासको अभावका कारण साना उद्योगहरुको विकास गर्न नसकीएकोमा बक्ताहरुले जोड दिएका छन ।

घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ठ उद्योग अधिकृत गंगा कुमारी मगरले जिल्लामा हालसम्म १३ सय ३० वटा उद्योग फर्म १५ सय ३५ वाणिज्य फर्महरु रहेको बताएका छन ।सुदुरपश्चिम प्रदेश अन्तरगत रहेको घरेलु तथा साना उद्योग विकास समितिले जिल्लामा उद्योग प्रशासन बाणिज्य प्रशासन उद्योगिहरुलाई सहयोग र विभिन्न सीपमुलक तालिम लगायत गरिवी निवारणका लागि उद्यम विकास कार्यक्रम जस्ता क्षेत्रमा काम गरिरहेको बरिष्ठ उद्योग अधिकृत गंगा कुमारी मगरले जानकारी दिनु भयो ।