लटीनाथ मावि रस्कोटमा भ्यण्डिङ मेसिन हस्तान्तरण ।

४ बर्ष अघि

२0७६ मंसिर ४ बुधबार

लटीनाथ मावि रस्कोटमा भ्यण्डिङ मेसिन हस्तान्तरण ।

रमेश खत्री मंसिर ४ दार्चुला । मार्मा गाउँपालिकामा रहेको लटीनाथ मावि रस्कोटमा भ्यण्डिङ मेसिन हस्तान्तरण गरिएको छ । मार्मा गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा उक्त मेसिन खरिद गरि लटीनाथ मावि रस्कोटलाई भ्यण्डिङ मेसिन हस्तान्तरण गरिएको हो । छात्राहरुको सहजताका लागि गाउँपालिका र आरभिडब्ल्युआरएम्पीको सहयोगमा मेसिन हस्तान्तरण गरिएको हो । महिनाबारी हुदाँ छात्राहरुलाई विद्यालयमा समस्या हुने भएकाले प्याड फेर्न तथा प्रयोग गर्न समेत सहज हुने भएकाले भ्यण्डिङ मेसिन हस्तान्तरण गरिएको छ । विद्यालयमा रहेको प्याड मेसिन व्यवस्थापन समितिलाई उक्त मेसिन हस्तान्तरण गरिएको हो । नेपाल सरकारले निःशुल्क प्याड उपलब्ध गराउने कार्यक्रमलाई मध्यनजर उक्त मेसिन हस्तान्तरण गरिएको प्राविधिकि सहजकर्ता सरेन्द्र सिह सामन्तले बताएका छन् । जिल्लाका विभिन्न विद्यालयमा महिनाबारी भएको समयमा महिला शिक्षक तथा छात्राहरु विद्यालय नै नजाने समस्या पनि हट्न सकेको छैन । विद्यालय नजाने महिला शिक्षक तथा छात्राहरुलाई समेत सहज हुने भएकाले उक्त मेसिनले ठूलो सहयोग पु¥याउने अपेक्षा लिइएको छ । ५० जना विद्यालयहरुलाई समुह बनाएर कार्ड वितरण गरिएको छ । आबश्यक परेका बेला प्याड निकाल्न उक्त कार्डको प्रयोग गरि बैंक एटिएमबाट पैशा निकाले जस्तै प्याड निकाल्न सकिने छ ।