मार्मा गाउँपालिकाको २ मा पनि पुग्यो बस 

४ बर्ष अघि

२0७६ मंसिर ३ मंगलवार

मार्मा गाउँपालिकाको २ मा पनि पुग्यो बस 


रमेश खत्री, मंसिर ३ दार्चुला ।दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर २ मा पनि पहिलो पटक बस पुगेको छ ।मार्मा गाउँपालिका वडा नम्बर २ सेलबिसा भन्ने स्थानमा पहिलो पटक सोमबार बस पुगेको जीप चालक दिलेन्द्रसिँह धामीले बताउनु भयो । सेलबिसासम्म यसअघि पनि जीपहरु सञ्चालन हुदै आएको भएपनि बस पुगेको भने यो पहिलो पटक हो । सोमबार ना ७ ख १३२७ नम्बरको पवनदुत यातायातको बस पहिलो पटक पुगेपछि स्थानीयहरु खुशी भएका छन् ।
बस चालक महेन्द्र सिँह बोहरा र बस धनी जनक बहादुर महरलाई स्थानीयहरुले सेलबिसामा भब्य स्वागत गरेका छन् । सेलबिसाका जेष्ठ नागरिक बहादुर सिँह ठगुन्नाले बस चालक तथा बस धनीलाई फुलमाला अबिर लगाएर स्वागत गरेका छन् । साथै नियमित बस सञ्चालन गर्न पनि आग्रह गरेका छन् ।मार्मा गाउँपालिकाको लटिनाथमा यसअघि पहिलो पटक बस पुगेको थियो भने सोमबार मात्रै सेलबिसामा पनि बस पुगेको छ । नियमित बस सञ्चालन भए त्यहाँका स्थानीयहरुलाई आवात जावत् गर्न सहज हुनेछ ।