महाकाली नगरपालीका सहित दार्चुला जिल्लाका ६ वटा स्थानीय तहहरुको गाँउसभा तथा नगरसभा सम्पन्न ।।

६ बर्ष अघि

२0७५ असार १0 आईतवार

महाकाली नगरपालीका सहित दार्चुला जिल्लाका ६ वटा स्थानीय तहहरुको गाँउसभा तथा नगरसभा सम्पन्न ।।

दार्चुला जिल्लामा रहेका २ नगरपालीका र ४ वटा गाँउपालीकाहरुको  नगर सभा  तथा गाँउ सभा आईबार सम्पन्न भएको छ । 
आर्थिक बर्ष २०७५÷७६ का लागी पारित गरिएका निति तथा कार्यक्रमहरु पारित गर्नका लागी आईतबार दार्चुला जिल्लाका ६ वटा स्थानीय तहहरुको नगर तथा गाँउ सभा सम्पन्न भएको हो । आज महाकाली नगरपालीकाले तेस्रो नगरसभा तथा शैल्यशिखर नगरपालीकाको पनि नगर सभा सम्पन्न गरेको छ । 
भने मार्मा गाँउपालीका, मालिकार्जुन गाँउपालीका, नौगाड गाँउपालीका, दुहँ गाँउपालीकाको गाँउसभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७५÷७६ का लागी निति तथा कार्यक्रमहरु परित गरेका छन । महाकाली नगरपालीको समग्र विकासका लागी नगरपालीका क्षेत्र भित्र कृषि सडकहरु विस्तार, खानेपानी, शिक्षा स्वास्थ्य पर्यटन क्षेत्रको विकासमा विषेश जोड दिदै महाकाली नगरपालीको तेस्रो नगर अधिबेशनबाट नगरापालीका क्षेत्रमा भ्युटावर निमार्ण गरि नगरपालीकाको आर्थिक विकासमा टेवा पुर्याउने खालको नित पारीत गरेका महाकाली नगरापलीका प्रमुख हंष राज भट्टले बताउनु भयो । 
दार्चुला जिल्लामा रहेका ६ वटा स्थानीय तहहरुले आईतबार निति तथा कार्यक्रमहरु पारित गर्दा हरेक नागरिकको हितमा हुने खालको निति निर्देशन परित गरेकाले अवको नगर तथा गाँउ सभाले गाँउघरको विकासमा फडको मार्न सक्ने दुहुँ गाँउपालीका अध्यक्ष पुलेन्द्र बाहादुर कार्कीले बताउनु भयो ।   भने मालिकार्जुन गाँउपालीकाको समृद्धिका लागी प्रयटन क्षेत्रको विकास गरि धार्मीक प्रर्यटकहरु भित्रयाउने र स्थानीय सडक, खानेपानीको बेशेष चहल चालेर आगामि दिनमा जनमुखी विकास ल्याउने खालको निति पारित गरिएको मालिकार्जुन गाँउपालीका अध्यक्ष नरेन्द्र सिह धामीले बताउनु भयो ।त्यसैगरि दार्चुला जिल्लामा रहेका अरु स्थानीय तहहरुले पनि आ आफनो पालीमा सुहाउने खालको निती तथा कार्यक्रमहरु पारित गरिएको स्थानीय तहका पदाधिकारीहरुले बताएका छन ।