दृष्टिकोण समाचार, २४ भाद्र दार्चुला । ६४ अौ प्रहरी दिवसकाे अवसरमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले अौपचारिक कार्यक्रम आयाेजना गरि दिवस मनाएको छ । सुदुरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जाेशीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको छ । दिवसको अवसरमा अमर प्रहरीकाे स्मारकमा पुष्प गुच्छा तथा अबिरले माल्यार्पण गर्नुका साथै सहिद परिवारलाई सम्मान गरिएकाे छ ।
नेपाल संघीय लाेकतान्त्रिक गणतन्त्रमा गए पश्चात् प्रहरी संगठनकाे पनि काम कर्तव्य र क्षेत्राधिकारमा पनि परिवर्तन भएको छ । याे अवस्थामा प्रहरीसंगठन पनि नागरिक प्रहरीको रुपमा अगाडि बढ्नुपर्ने आजकाे आवस्यकता रहेकामा बक्ताहरुले जाेड दिएका छन् ।
प्रहरीलाई हरेक अवस्थामा नागरिकको साथ सहयाेग रहेमा प्रहरीले जस्तोसुकै अपराधलाई न्युनिकरण गर्न सकिने दार्चुलाका प्रहरी प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाहीले जानकारी दिनुभयाे ।