एमपीएल क्रिकेट प्रतियोगिताको उद्घाटन

४ बर्ष अघि

२0७६ आश्विन २३ बिहीबार

एमपीएल क्रिकेट प्रतियोगिताको उद्घाटन

दृष्टिकोण समाचार, असोज २३ दार्चुला । दार्चुला जिल्लाको सर्बाधिक धनराशि पुरष्कार रहेको मालिकार्जुन प्रिमियर लिग क्रिकेट प्रतियोगिता बिहिबारबाट उद्घाटन गरिएको छ । महाकाली नगरपालिका वडा नम्बर ९ स्थित सकार खेल मैदानमा आयोजना गरिएको एमपीएल प्रतियोगिताको प्रदेश सभा सदस्य गेल्बु बोहराले उद्घाटन गर्नु भएको छ । दिपेन्द्र धामी स्मृति प्रतिष्ठान र शान्तिदीप युवा क्लबको संयुक्त आयोजनामा वडा स्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा २२ टिमको सहभागिता रहेको दिपेन्द्र धामी स्मृति प्रतिष्ठानका अध्यक्ष माधव धामीले जानकारी दिनुभयो । 
प्रतियोगिताको प्रथम पुरष्कार नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँ र द्वित्तिय पुरष्कार नगद रु ४४ हजार ४ सय ४४ रुपैयाँ सिल्ड मेडल र प्रमाण पत्र रहेको छ । यस्तै उत्कृष्ट खेलाडीलाई ६ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता कार्तिक ५ गते सम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।