दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु 

४ बर्ष अघि

२0७६ आश्विन १९ आईतवार

दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु 

दृष्टिकोण समाचार  असोज १९गते, दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं.३ मा वडा नंं.१ धम्पन्याराका बर्ष ७२ का नन्दन सिह धामीको मृत्यु भएको छ । 
आईतबार बेलुकी करिव ५ बजेतिर महाकाली नगरपालिका ३ मालबेला भन्ने ठाँउमा भिरबाट लडेर धामीको मृत्यु भएको हो । जिल्ला सदरमुकाम बाट घर जाने क्रममा सडकबाट करिव ५० ÷६० मिटर तल खसेको र उहाँको टाउको तथा सरीमा गहीरो चोट लागेको अवस्थामा भेटेको स्थानीय दिपक सिह धामीले बताउनु भयो । मृतक धामीको एक छोरा र दुई छोरी रहेका छन । भिरबाट लडेको थाहा पाउने वितिकै प्रहरीलाई जानकरी गराएको र घटनाको विवरण टिपोट गरि सव आफ्तको जिम्म लगाईने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिनु भयो ।