स्वर्गीय प्रेम सिह धामी खुल्ला भलिबल प्रतियोगिताको उपाधि मार्मा गाउँपालिकालाई ।

४ बर्ष अघि

२0७६ आश्विन १५ बुधबार

स्वर्गीय प्रेम सिह धामी खुल्ला भलिबल प्रतियोगिताको उपाधि मार्मा गाउँपालिकालाई ।

  राम सिह धामी असोज १५दार्चुला ।दार्चुलाको महाकाली नगरपालिकाको खुल्ला मञ्चमा सञ्चालन भएको स्वर्गीय प्रेम सिह धामी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मार्मा गाउँपालिकाले हात पारेको छ । असोज १३ गतेबाट सञ्चालन गरिएको खुला पुरुष भलिबल प्रतियोगीता दार्चुला जिल्लाको खुल्ला मञ्चमा भएको फाइनल खेलमा मार्मा गाउँपालिकाले नौगाड गाउँपालिकालाई ३,१ को सोझो सेटमा हराउदै विजेत बनेको हो । प्रतियोगितामा जिल्ला भरिबाट १३ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैँया तथा द्धतिय हुने टिमले २२ हजार २ सय २२ रुपैँया पुरुष्कार पाएका छन । यस्तै प्रतियोगितामा उत्कृष्ठ खेलाडीको रुपमा नौगाड गाउँपालिकाका भलिबल खेलाडी पुष्कर सिह ठगुन्नाले ५ हजार ५ सय ५५ रुपैँया पुरुष्कार प्राप्त गरेको आयोजकले जनाएको छ । नेपालीहरुको महानचाँड विजयादशमीको अवसरमा आयोजना गरिएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका मार्मा गाँउपालिका दार्चुलाका खेलाडि जनक सिह साँउदले भने खेलको विकासका लागी संघसंस्था लगायत सबै स्थानीय सरकारहरुले सहयोग गर्न आग्रह गरेका छन । प्रेम  सिह धामी स्मृति प्रतिष्ठानका अध्यक्ष किसन सिह धामीको अध्यक्षता एव दार्चुलाबाट जिल्ला बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश सिह ठगुन्नाको प्रमुख  आथ्यिता एवं प्रदेश सभा सदस्य गेल्बु सिह बोहराको विशिष्ट आथ्यितामा उतm प्रतियोगिता समापन गरिएको थियो । खेल सञ्चालनमा सहयोग गर्ने सबै पदाधिकारीलाई कार्यक्रमका अध्यक्ष किसन सिह धामीले धन्यवाद समेत दिएका छन । किसन सिह धामी दार्चुला जिल्लामा रहेको भलिवल लगायतका अन्य खेलहरुको विकासका गर्न र देश भरि प्रेम सिह धामीको पहिचानका लागि खेलक्षेत्रबाट सुरुवात गरिएको आयोजकले जानकारी दिनु भयो ।